Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


‘छोरीलाई अंश र ज्वाईंलाई बंश’,हेर्नुहोस् आठपहरियाका अनौठा परम्परा (भिडियो)


0
Shares

-कबिराज घिमिरे, ईमेज

धनकुटा, असार १६ । धनकुटामा मात्र वसोबास रहेको अल्पसंख्यक किराँत आठपहरिया जातीको परम्परा अनौठो र रोचक छ । थोरै जनसंख्या रहेको यो जातीमा जनसंख्या बिस्तारकै लागि छोरीलाई अंश तथा ज्वाईंलाई बंश दिने अनौठो प्रचलन छ ।

धनकुटा जिल्लामामात्र वसोवास रहेको अल्पसंख्यक आठपहरिया जातिमा छोरालाई सरह छोरी चेलीलाई समेत विवाह पश्चातअंशको रुपमा जग्गादिने प्रचलन रहि आएको छ ।

किराँत भएपनि आफुहरु राई नभई छुट्टै आठपहरिया जाति भएको दावी गर्ने आठपहरियाहरु विवाह पश्चात छोरीचेलीले दुःख नपाउन आफै केहि गरिखान सकुन भनेर अशंको रुपमा जग्गादिने गरिएको वताउछन् ।

धनकुटा नगरपालिका क्षेत्र भित्र मात्रबसोवास रहेको सो जाती संग जग्गा जमिन प्रशस्त भएको तर जनसंख्या कम भएकोले छोरी चेली बाहिर नजाउन् आफ्नै समाजमै रहिरहुन् भन्ने उदेश्यले अशंको रुपमाजग्गा दिने गरिएको तर यो बाध्यकारी नभएको बताउँछन् आठपहरीया समाज नेपालका सल्लाहकार अष्टबहादुर आठपहरिया ।

छोरीलाई अशं संगै जुवाईलाई बशं दिने यो जातिमाअर्को अनौठो परम्परा समेत रहेको छ । आफ्नो छोरीचेली आफ्नो जात वाहेकका अन्यजाती सँग विवाह गरेमासो अन्यजात काजवाईलाई बशं तथा थर दिई आफ्नै जातमाल्याउने गरिन्छ ।