Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सिरहामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

लहान, असार १६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित सडकमा बिहीबार बिहान मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३४६६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स२प ८९५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाहीको चन्द्रगन्ज–२ निवासी ३२ वर्षीय सुशीलसिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते दनुवारलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । (रासस)