धादिङमा १९ जना पहिरोको बीचमा फसे, सेनाको हेलिकोप्टरलाई मौसमले साथ दिएन (भिडियो) « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


धादिङमा १९ जना पहिरोको बीचमा फसे, सेनाको हेलिकोप्टरलाई मौसमले साथ दिएन (भिडियो)


0
Shares

नवराज छत्कुली (इमेज)
धादिङ, असार १६ । वर्षासँगै चारैतिरबाट आएको पहिरोका कारण धादिङको दुर्गम रि गाविस–९ चेप्राङमा ६ घरका १९ जना पहिरोको बीचमा फसेका छन् ।

पहिरोका कारण आसपासका बस्तीसमेत जोखिममा परेको प्रहरीले जनाएको छ ।

भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरो गएपछि बुधबार राति ११ बजे भागेर नजिकैको खुल्ला स्थानमा बसिरहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

विहीबार घटनास्थलको निरीक्षण र पहिरोको बीचमा परेकाहरुको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टरसमेत खराब मौसमका कारण धादिङबेसी फर्किएको छ ।

मोटर चल्ने बाटोसमेत नभएकाले सुरक्षाकर्मी पैदलसमेत जानसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रि गाउँ सदरमुकाम धादिङबेसीबाट तीन दिनको पैदल दूरीमा रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्