१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


गोदावरीमा स्कुलको पर्खाल के कारण भत्कियो, ‘जग्गा दलाल’ की सरकार दोषी ?(भिडियो हेर्नुहोस)


0
Shares

ललितपुर, असार १८ । ललितपुरको गोदावरी टौखेलस्थित शुक्रबार पुञ्पाजली बोर्डिङ स्कुलको पर्खाल भत्किँदा दुई जना विद्यार्थीको मृत्यु भयो भने २० जना घाइते भए ।

पर्खालले च्यापिएर घाइते भएकी टौखेलकी नौ वर्षीया कृपा राई र आमा घरकी अञ्जना पुनमगरको मृत्यु भयो । ‘जग्गा दलाल’हरुले स्कुलसँगै जोडेर लगाएको पर्खाल वर्षाले भत्किँदा ३ कक्षामा पढ्ने दुई बालिकाको मृत्यु भएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माका अनुसार घाइते विद्यार्थीको बी एण्ड बी र पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

तर घट्ना किन र कसरी भयो भन्ने विषयमा ब्यापक चासो बढेको छ । लगातार बर्षाका कारण स्कुलको माथिल्लो भागमा रहेको प्लटिङको जग्गाबाट बगेर आएको लेदो माटो र प्लटिङ उकास्न लगाइएको पर्खालको ढुंगाले स्कुलको गारोलाई धक्का दिएको थियो । पर्खालको ढुंगा माटो कक्षा तीन र आठका विद्यार्थी अध्ययरत कोठामा पसेको थियो ।

घाइते र मृतकमध्ये अधिकांशलाई ढुंगाले किचेको थियो । गतबर्ष भूकम्पबाट क्षति पुगेपछि स्कुलको संरचना अस्थाइ तरिकाले निर्माण गरिएको थियो । विद्यालय भवनको संरचना कमजोर रहेको र जग्गा प्लानिङ गर्दा विशेष सावधानी अपनाउन जग्गाधनीलाई जानकारी गराएको भए पनि सावधानी नअपनाउँदा घटना भएको स्थानीयहरुले बताएका छन् ।

घट्ना लगत्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेल र गृहमन्त्री शक्तिबहादुर बस्नेतले घटनास्थलको निरिक्षण गरेका थिए । निरिक्षणपछि दुवै मन्त्रीले घटनामा स्कुलकै प्लटिङ व्यवसायी दोषी भएको निष्कर्ष निकालेका छन् । यता गृहमन्त्रीको निर्देशनपछि ललितपुर प्रहरीले स्कुननजिकै रहेको प्लटिङ व्यवसायीको खोजी सुरु गरिसकेको छ ।

शिक्षा मन्त्रालयले विद्यालय संचालन गर्दा पुरा गर्नुपर्ने मापदण्डबारे पटक पटक निर्देशिका बनाए पनि विद्यालयको सुरक्षासम्बन्धी विषय समेट्न सकेको छैन् ।