काठमाडौं, वैशाख १७ । स्थानीयले सोमबार बिहानदेखि सिसडोल ल्यान्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् ।
सिसडोल नजिक कागती गाउँमा एक सातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरुले फोहोर ढुवानी बन्द गरेका हुन् ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले स्थानीयले महानगरपालिकासँग असम्बन्धित माग राखेर दुःख दिएको आरोप लगाए । उनले भने, ‘कहिले ट्रान्समिटर बिग्रिएर त गाडीले कुखुरा मारेको आरोप लगाएर, कहिले घर भत्काएको लगायत दर्जनौं माग राखेर पटक–पटक फोहोर व्यवस्थापनमा अवरोध गर्ने गरेका छन् ।’ –नेपाल समाचारपत्र दैनिकबाट










प्रतिक्रिया दिनुहोस्