इराकमा आतंकवादी हमलामा ८३ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


इराकमा आतंकवादी हमलामा ८३ जनाको मृत्यु


0
Shares

बग्दाद, असार १९ । इराकको राजधानी बग्दादमा आइतबार भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार दुई विस्फोटमा परी अन्य १७६ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले करादा क्षेत्रस्थित एउटा रेस्टुरेन्ट नजिकै आफूले विस्फोट गराएको जनाएको छ । अर्को विस्फोट भने उत्तरी बग्दादमा भएको थियो ।

करादाको व्यस्त क्षेत्रमा भएको विस्फोटमा परी ७८ जनाको मृत्यु भएको अस्पतालस्रोतले जनाएको छ । सो विस्फोटमा १६० जना घाइते भएको जनाइएको छ ।

अर्को विस्फोटमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । (एजेन्सी)