Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नक्कली प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, असार १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिविसमा कार्यरत नासु विपिनकुमार कर्णले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नासु कर्णले सुरु नियुक्ति एवम् बढुवा प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समितिबाट सन् १९८२ मार्चमा मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली पाइएको हो । आयोगले नासु कर्णलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

यस्तै आयोगले आजै जनप्रिय क्याम्पस सिमलचौर पोखरामा मुख्य सहायक पदमा कार्यरत नारायणी पौडेल चालिसेले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मुख्य सहायक चालिसेले पेस गरेको उत्तर प्रदेशबाट सन् १९९२ मा माध्यामिक तह उत्तीर्ण गरिएको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको आयोगले जनाएको छ । आयोगले मुख्य सहायक चालिसेविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । (रासस)