Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


घोषणापत्र अनुसार नीति तथा कार्यक्रम बनाउन नेकपाको सुझाव


0
Shares

काठमाडौं, वैशाख १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी घोषणापत्रलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे शीर्ष नेताहरुसँग सुझाव मागेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पार्टीको घोषणापत्रअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

बैठकमा बोल्ने अरु नेताहरुले भूमिसुधार कार्यक्रमलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

नेताहरुले सुशासन कायम हुन नसकेको भन्दै सरकारले गरेका काम र उपलब्धिको रक्षा र विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका जनाइएको छ ।