वृहस्पति ग्रहको कक्षमा जुनो यान प्रवेश « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


वृहस्पति ग्रहको कक्षमा जुनो यान प्रवेश


0
Shares

काठमाडौं, असार २१ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको जुनो अन्तरिक्ष यान प्रवेश गरेको छ ।

नासाले करिब पाँच वर्षअघि जुनो अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । सौर्य उर्जाबाट सञ्चालित हुने यो अन्तरिक्ष यानले वृहस्पति ग्रहसँग जोडिएका रहस्यहरुको अध्ययन गर्नेछ ।

अन्वेषणका क्रममा जुनोले वृहस्पति ग्रहलाई ३७ पटक परिक्रमा गर्ने जनाइएको छ । यसले वृहस्पति ग्रहको वरिपरी रहेको सबैभन्दा उच्च बादलदेखि तल्लो क्षेत्रसम्मको अध्ययन गर्नुका साथै उत्पति, संरचना, वायुमण्डल र चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्ने नासाले जनाएको छ ।

जुनो वृहस्पतिको कक्षमा प्रवेश गरेपछि यसको गति ५४२ मिटर प्रतिसेकेण्ड हुने जनाइएको छ । (एजेन्सी)