
सिन्धुली, वैशाख १६ । सिन्धुलीमा ६१ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री र मोरङको सुन्दरहरैंचा नगरपालिका–२ का सुनिल बराइलीलाई सार्वजनिक गरेको हो ।
चोरीमा संलग्न अरु तीनजना अझै फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
गएको फागुन ६ गते सदरमुकाम सिन्धुलीमाडीस्थित स्टलबजारमा रहेको मिश्राकुमारी खड्काको घरमा डेरागरी बस्ने सुरजित सरकारको कोठाबाट उनीहरुले ६१ तोला सुन चोरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्