२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


गाँजा मुद्दाका फरार जेल चलान


0
Shares

हेटौंडा । लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो ।

अदालतले कारवाहीको फैसला गरे पनि ३९ वर्षीय मोक्तान फरार रहेका थिए । उनलाई राक्सिराङ गाउँपालिका–५ स्थितबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानलाई जिल्ला अदालतमा उपस्थित गराएर उक्त कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जानकारी गराएको छ ।रासस