२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


भेनस र सेरेना विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश


0
Shares

काठमाडौं, असार २२ । अमेरिकी दिदीबहिनी भेनस विलियम्स र सेरेना विलियम्स विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पाँच पटककी विजेता भेनसले काजकस्तानकी यारोसलाभा शेभेदोभालाई हराएर सन् २००९ पछि पहिलो पटक विम्बल्डन टेनिसको अन्तिम चारमा स्थान बनाएकी हुन् ।

भेनसले शेभेदोभालाई ७–६ र ६–३ को सोझो सेटमा हराइन् । ३६ वर्षीया भेनस पछिल्लो २२ वर्षमा सेमिफाइनलमा पुग्ने सबैभन्दा बढी उमेरकी खेलाडी हुन् ।

यस्तै भेनसकी बहिनी सेरेना विलियम्स पनि सेमिफाइनलमा प्रवेश गरेकी छन् । विश्व नम्बर एक सेरेनाले रुसकी अनास्तासिया पाब्लुचेन्कोलाई ६–४ र ६–४ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएकी हुन् ।

सेमिफाइनलमा भेनसले जर्मनीकी एन्जेलिक केर्बरसँग खेल्ने छिन् भने सेरेनाको भिडन्त रुसकी एलिना भेस्निनासँग हुनेछ ।

सेमिफाइनलमा आ–आफ्नो खेल जितेको खण्डमा यसपटकको विम्बल्डन टेनिस महिलातर्फको उपाधिका लागि अमेरिकी दिदीबहिनी सेरेना र भेनस भिड्न् सम्भावना प्रबल रहेको छ ।