Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


हिलारी क्लिन्टनबिरुद्ध कुनै आपराधिक आरोप दर्ता नगरिने


0
Shares

काठमाडौं, असार २२ । अमेरिकाको संघीय जाँच आयोग एफबिआईले राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध कुनै आपराधिक आरोप दर्ता नगर्ने भएको छ ।

हिलारी क्लिन्टन अमेरिकाको विदेशमन्त्री हुँदा उनको इमेलका बारेमा अनसन्धान गरेको एफबिआईले कुनै आरोप दर्ता गर्नुपर्ने नदेखिएको भन्दै अब आपराधिक आरोप दर्ता नगर्ने जनाएको हो ।

क्लिन्टनमाथि सरकारी प्रयोजनका आधिकारिक इमेल ब्यक्तिगत इमेल मार्फत् पठाउने गरेको आरोप लागेको थियो ।

जुन आरोप क्लिन्टनले अस्वीकार गर्दै आउनुभएको थियो । एफबिआईको यो निर्णयले राष्ट्रपति पदको चुनाव प्रचार प्रसारमा लागेकी क्लिन्टनलाई भने राहत मिलेको छ ।

उता अमेरिकी राष्ट्रपति पदका अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले भने एफबिआईको निर्णयको बिरोध गर्दै बिदेश मन्त्री जस्तो पदमा रहेका क्लिन्टनले सरकारी इमेललाई ब्यक्तिगत रुपमा प्रयोग गर्नु गैरकानुनी भन्दै कारबाही हुनुपर्ने माग गरेका छन् । (एजेन्सी)