२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


मेसीलाई २१ महिनाको जेल सजाय


0
Shares

अपडेटः

काठमाडौं, असार २२ । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेसीलाई कर छलेको आरोपमा स्पेनको एक अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीलाई त्यहाँ गरेको कमाइको कर छलेको भन्दै बार्सिलोनाको अदालतले उनका बाबुसमेतलाई पनि बुधबार जेल सजाय सुनाएको हो ।

यसअघि, गत जुन २ तारिखमा पनि मेसी र उनका बाबुले अदालतमा जानुपरेको थियो ।

अदालतले बार्सिलोनाबाट खेल्दा कमाएको ४ दशमलव ६ मिलियन डलरको कर नतिरेको भन्दै बाबु–छोरालाई जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

सन् २००७ देखि सन् २००९ सम्म कर छलेको बन्दै मेसीका बाबु जर्ज मेसीलाईसमेत जेल सजाय सुनाइएको हो ।

मेसीले भने आफूलाई वित्तीय मामिलाबारे केही थाहा नहुने बताएका छन् ।

मेसी पाँचपटकका फिफा ‘बेलोन डे’ओर’ विजेता खेलाडी हुन् ।

मेसीले यो निर्णयविरुद्ध त्यहाँको सर्वोच्च अदालतमार्फत् सजायबारे अपिल भने गर्नसक्ने जनाइएको छ ।

फाइल फोटो