बिहेका लागि दुलाहा सुटमा सजिएर आए, दुलही बाकसमा « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


बिहेका लागि दुलाहा सुटमा सजिएर आए, दुलही बाकसमा


0
Shares

लस एन्जलस, असार २३ । अमेरिकाको लस भेगासमा एउटा अनौठो विवाह सम्पन्न भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार केही दिनअघि एक कलाकारले आफ्नो स्मार्टफोनसँग विवाह गरेका छन् । एरोन चेर्भेनक नाम गरेका ती कलाकारले लस भेगासमा आयोजित वैवाहिक कार्यक्रममा आफ्नो स्मार्ट फोनसँग विवाह गरेका हुन् ।

सुटमा सजिएर दुलाहा विवाह समारोहमा उपस्थित हुँदा दुलहीका रुपमा स्मार्ट फोन भने सानो बाकसमा सजाएर ल्याइएको थियो ।

पादरी चेर्भेनकले दुलाहालाई विवाह अघि सोधेका थिए– के तपाई स्मार्ट फोनलाई कानुनी रुपमा पत्नी मान्नु हुन्छ ? के तपाई पत्नीका रुपमा प्रेम गर्नुहुन्छ ? निष्ठावान रहनुहुन्छ ?

जवाफमा उनले आफू इमानदार पति बन्ने बताएका थिए । एक स्मार्टफोन हमेसा सहयात्री हुने भएका कारण आफूले यस्तो निर्णय लिएको उनको भनाइ थियो । (एजेन्सी)