
काठमाडौं, असार २३ । धर्मश्री अधिराज्यव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको १४औं संस्करण आगामी असोजमा आयोजना हुने भएको छ ।
नेपाल व्यायाम मन्दिरको आयोजनामा आगामी असोज १३ र १४ गते राजधानीमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
सहिद धर्मभक्त माथेमाको स्मृतिमा वि.सं. २०४२ साल देखि प्रतियोगिता आयोजना हुँदै आएको छ ।
विभिन्न सात तौल समुहमा करिब चार सयजना खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्दा दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख र १ लाख रुपैयाँ जित्नेछन् ।
प्रतिक्रिया दिनुहोस्