१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023


असारे झरीमा बजेटको भेल बग्दै


0
Shares

काठमाडौं, असार २७ । चालू आर्थिक वर्षको ११ महिनासम्म सुस्त रहेका सरकारी निकायले असार महिना लागेसँगै विकास बजेट पानीको भेलसँगै बगाउन थालेका छन् ।

विकास बजेट जेठ मसान्तसम्म दैनिक औसत ४८ करोड ६३ लाख ७२ हजार रुपैयाँका दरले खर्च भएकामा पछिल्लो सात दिनमा औसत २ अर्ब ५६ करोड २ लाख ७४ हजारका दरले खर्च गरिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यालयका अनुसार पछिल्लो सात दिनमा १७ अर्ब ९२ करोड १९ लाख २१ हजार पुँजीगत बजेट खर्च भएको छ । कार्यालयका सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले यो रकम अझै बढ्ने बताए । –कारोबार दैनिकबाट