काठमाडौं । नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई पार्टी विपरित अभिब्यक्ति नदिन चेतावनी दिएको छ ।
कांग्रेस अनुशासन समितिको आज सानेपामा बसेको वैठकले पार्टीको हित विपरित अभिव्यक्ति दिन नेता तथा कार्यकर्तालाई रोक लगाउने निर्णय गरेको हो ।
हिमाल, पहाड र तराईमा संचालन गरिने एक महिने जागरण अभियान अनुगमनको जिम्मा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई दिइएको छ ।
बैठकले भोलिदेखि उजुरीहरुको अध्ययन गर्ने निर्णय गर्दै निश्पक्ष छानविन गर्ने पनि समितिले जनाएको छ । समितिमा हालसम्म १२ सय उजुरी परेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्