एण्डी मरेले जिते दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


एण्डी मरेले जिते दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि


0
Shares

काठमाडौं, असार २७ । ब्रिशिट खेलाडी एण्डी मरेले दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

इग्लण्डमा आइतबार राती भएको फाईनल खेलमा क्यानाडाका मिलोस राओनिकलाई हराउँदै मरेले उपाधि सुरक्षित गरेका हुन् ।

राओनिकविरुद्धको खेल मरेले ६-४, ७-६ र ७-६ ले आफ्नो पक्षमा पारे । यसअघि सन् २०१३ मा विम्बल्डन टेनिसको उपाधि जितेका मरेको करियरमा यो तेस्रो ग्रान्डस्लाम उपाधि हो ।

विम्बल्डन टेनिसमा यसपटक महिलातर्फको उपाधि अमेरिकाकी सेरेना विलियम्सले जितेकी थिईन् ।