उत्तर कोरियाद्धारा अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको धम्की « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


उत्तर कोरियाद्धारा अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको धम्की


0
Shares

काठमाडौं, असार २७ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको चेतावनी दिएको छ ।

उत्तर कोरियाको चुनौति सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न सहमति भएपछि उत्तरको यस्तो चेतावनी आएको हो ।

प्योङयाङले यसलाई पूरै चुनौतिको रुपमा लिएको जनाएको छ । उत्तर कोरियाले बारम्बार अमेरिका र छिमकी दक्षिण कोरियालाई आक्रमणको धम्की दिइरहने गरेको छ ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि परमाणु हतियार विकसित गर्ने प्रयास जारी राखेको छ ।

केही दिनअघि मात्र अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनविरुद्ध लगाएको प्रतिबन्धलाई प्योङयाङले युद्धको खुल्ला घोषणा भनेको छ । (एजेन्सी)