१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नयाँ विमान रणनीतिक परिवर्तनको सुरुआत : निगम


0
Shares

काठमाडौं, असार २६ । नेपाल वायुसेवा निगमले दुईओटा नयाँ वाइडबडी विमान भित्र्याउनु निगमको रणनीतिक परिवर्तनको सुरुआत भएको जनाएको छ ।

निगमले ‘ए ३३०–२००’ विमान भित्र्याइसकेको छ भने अर्को विमान तीन साताभित्र आइसक्ने जनाएको छ ।

निगमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ मा १० ओटा विमान खरिद प्रक्रिया अघि बढाइ खरिद सम्झौता गर्ने लक्ष्य लिएको पनि जनाएको छ ।

निगमले नयाँ वाइडबडी विमानसहित पाँचओटा विमानबाट हाल चलिरहेको ८ ओटा गन्तव्यबाहेक जापान, दक्षिण कोरिया र साउदी अरेबिया गरी ११ ओटा गन्तव्यमा उडान सन्चालन गरिने जनाएको छ ।

यस्तै, आन्तरिक उडानतर्फसमेत निगलमे आगामी दुई वर्षभित्र ८ ओटा विमान खरिद गरी मुलुकका सबै चालू एअरपोर्टहरुमा नियमित उडानको व्यवस्था गर्ने जनाएको छ ।

आन्तरिक उडानका लागि ६ ओटा ‘स्टोल’ र दुईओटा ‘ट्रन्क’ खरिद गर्ने योजना निगमको छ ।

निगमलाई नयाँ उचाइमा पुर्‍याउन दुई वर्षभित्र पुराना सबै विमान लिलाम बिक्री गरी नयाँ विमानमात्र सन्चालन गर्ने नीति लिएको प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।

निगममा हाल ८८ जना पाइलट रहेका छन् । आवश्यक २८ जना पाइटहरु सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमानहरु सन्चालनमा ल्याइने निगमले जनाएको छ ।