Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


डा. केसीको अनसन : महाभियोगबाहेकका मागमा सरकार सकारात्मक


0
Shares

काठमाडौं, असार २९ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले अघि सारेका महाभियोगबाहेक अन्य माग पूरा गर्न सरकार सकारात्मक देखिएको छ ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि उठाएका मागप्रति आफूहरुको सहानुभूति रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोगको विषय सरकारको क्षेत्राधिकारमा नपर्ने भन्दै त्यसलाई स्वीकार्न नसकिने बताए ।

केसी अनशनमा बसेको तेस्रो दिन सरकार उनका मागलाई सम्बोधन गर्न सकारात्मक देखिएको हो ।

डा. केसीसँग भएका सहमति र माथेमा प्रतिवेदनले दिएको सुझावलाई आधार मानेर तयार गरिएको चिकित्सा शिक्षा विधेयक पारित र ऐन कार्यान्वयन सहज बनाउने जिम्मा शिक्षामन्त्री नेतृत्वको टोलीले लिएको मन्त्री चौधरीले बताए ।

‘डा. केसीले राखेका मागलाई कतिसम्म कार्यान्वयन गर्न सकिन्छ भन्नेमा हामीले आन्तरिक छलफल गरिरहेका छौं,’ चौधरीले भने, ‘बुँदा नम्बर एक, तीन र चारका माग पूरा गर्न सरकार सकारात्मक छ । दुई नम्बर बूँदाको माग पूरा गर्न सरकार असमर्थ छ ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट