Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


भारतको चाहनामा सरकार परिवर्तन : बिजुक्छे


0
Shares

भक्तपुर, असार २९ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको चाहनामा सरकार परिवर्तन गर्न खोजिएको दाबी गरेका छन् ।

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको कार्यक्रममा उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले भारतको सल्लाहमा सरकार परिवर्तन गर्न लागेको बताए ।

उनले माओवादी र कांग्रेसबीचको गठबन्धनले मुलुकलाई निकास नदिने दाबी पनि गरे ।