१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


‘१० लाख मानिस भेला गरेर’ काठमाडौं सफाइ गरिने


0
Shares

काठमाडौं, असार २९ । काठमाडौं सहर सफा गर्ने उद्देश्यसहित केही युवाहरुले ‘म काठमाडौं फोहोर गर्दिनँ’ भन्ने अभियान सुरु गर्ने भएका छन् ।

आगामी माघ ९ गते राजधानीमा १० लाख मानिस भेला गरेर काठमाडौं सफाइ गर्ने उनीहरुको दाबी रहेको छ ।

विश्व सरसफाइ अभियानअन्तर्गत् नेपालमा क्रियाशील युवाहरुले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा सो अभियानअन्तर्गत् कीर्तिपुरका दुई सयभन्दा बढी युवाहरुले परिचालन हुँदै आएको जानकारी दिइयो ।

काठमाडौंका नदी नालको फोहोर टिप्ने, सडककिनारा सफाइ गर्ने, पार्क तथा खुला स्थानहरुमा सफाइ गर्नेलगायतका कामहरु उक्त अभियानअन्तर्गत् गरिने पनि उनीहरुले बताएका छन् ।

विश्व सफाइ अभियान २०६७ साल देखि सुरु भएको र त्यसका लागि नेपालमा दुई सयभन्दा बढी युवालाई परिचालन गरिएको बताइएको छ ।

कार्यक्रमका सहभागीहरुले अब जनता नै मिलेर काठमाडौं सहर सफा गर्ने अभियानमा सुरु गर्नुपर्ने बताए ।

त्यस्तै, अभियानमा लागेका युवाहरुले ०७४ सालबाट काठमाडौं सहर पूर्णरुपमा सफा हुने दाबीसमेत गरे ।

उक्त अभियानअन्तर्गत् सरसफाइका लागि जनचेतना फैलाउने कार्यसमेत गरिने पनि उनीहरुले बताएका छन् ।