१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


नेप्से आधा अंकले ऋणात्मक


0
Shares

काठमाडौं, असार २६ । मंगलबार सेयरबजार नगन्य अंकलेमात्र रातो रहेर थामियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंकले ऋणात्मक रहेर १२ सय ५.९३ कायम भएर थामियो ।

मध्याह्नतिर सकारात्मक रहिसकेको नेप्से अन्तिम समयतिर पुनः शिथिल हुँदै ऋणात्मक रहन पुगेको हो ।

कारोबार भएकामध्ये बढी समूह ओरालो लागे । बिमा, वाणिज्य बैंक र वित्त समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह रातो रहे । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ७० अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ८ लाख ७६ हजार कित्ता सेयर २८ करोड ७९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।