१३ फाल्गुन २०८०, आइतबार | Sun Feb 25 2024


राष्ट्रियसभाबाट तीन विधेयक पारित


0
Shares

काठमाडौं, असार २६ । राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक पारित गरेको छ ।

राष्ट्रियसभाको मंगलबारको दोस्रो बैठकले ‘आर्थिक विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले तीनै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।

राष्ट्रियसभाको अर्काे बैठक आगामी साउन १ गते बिहान ११ बजे बस्नेछ । रासस