१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


पहिरोले घेरिएर २१ जना अलपत्र, उद्धारमा कठिनाइ


0
Shares

ताप्लेजुङ, साउन २ । लगातारको बर्षासँगै खसेको पहिरोले ताप्लेजुङको तापेथोक गाउँ विकास समिति वडा नम्बर–८, सोत्लीमा ६ परिवारका २१ जना अलपत्र परेका छन् । पहिरोकै बीचमा उनीहरु अलपत्र परेका हुन् ।

उद्धारका लागि लेलेप र तापेथोकबाट पठाइएको प्रहरी टोली पहिरोका कारण उनीहरु समक्ष पुग्न नसकेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

उद्धारका लागि युवाहरुको समूह लिएर जाँदै गरेका लेलेपमा व्यापारी ग्याबु शेर्पाका अनुसार धुन्सा खोलाले पुलहरु बगाएको र नदी आसपासका बाटो बाढीले कटान गरेकाले त्यहाँ पुग्न समस्या भएको हो ।

खराब मौसमका कारण उक्त क्षेत्रमा हेलिकप्टरसमेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।