
काठमाडौं, साउन २ । द्वन्द्व पीडितहरुले न्याय पाउने/नपाउने द्विविधा बढिरहेको बेला नेपालमा पनि १८ औं अन्तर्राष्ट्रिय न्याय दिवस मनाईएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापनाका लागि रोम विधान पारित भएको दिन अर्थात् जुलाई १७ को अवसरमा आइतबार अन्तर्राष्ट्रिय न्याय दिवस मनाइएको हो ।
यसै अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडकलाई उन्मुक्ति दिन नहुने बताए ।
कार्यक्रममा सहभागी द्वन्द्व पीडित तथा अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय समुदायको आँखा छल्नका लागि बनाइएको आयोगले पीडितलाई न्याय दिन नसक्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्