२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


नेताहरु मन्त्रीको सपनामा घुर्दै


0
Shares

काठमाडौं , साउन ३ । प्रधानमन्त्री केपी ओलीलाई ससरकारबाट कसरी हटाउने ।नयाँ सरकार कसरी गठन गर्ने । गठबन्धन कस्तो बनाउने यस्ता अनेकन विषयमा अलमलिएका कांग्रेस , एमालेका शीर्ष नेता नेताहरु  आफ्नै पार्टीका मन्त्रीका आकाँक्षीहरुबाट घेरिन थालेका छन ।
सरकारबाट बाहिरिने निर्णय गरेसंगै नयाँ गठबन्धनको चक्करमा फसेका पुष्पकमल दाहाललाई आफ्नो पार्टीका मन्त्री चयन गर्न उत्तिकै गाह्रो परेको स्रोतले बताएको छ । पार्टीमा सामान्य हैसियतका नेता देखि दाहाललाई काँध थाप्ने हस्ती सम्मले मन्त्री खोजेका छन् भने एकीकरणबाट थपिएकाहरुले पनि आफ्ना पक्षकालाई मन्त्री बनाउन चर्को दवाव दिएको बुझिएको छ ।
माओवादीका भागमा परेका मन्त्री पदले सबैको चित्त बुझाउन नसकिने भएपछि दाहालले पहिला  सरकार बन्न दिनुहोस् अनि मन्त्रीमण्डल विस्तार गरेर साथीहरुलाई भाग पुर्याउला भन्न थालेको स्रोतले बताएको छ । दाहालले सरकार बनेपछि मन्त्री ठूलो कुरा नभएको बतउदै सबैलाई मन्त्री बनाएर अन्य महत्वपूर्ण ठाउँमा कसलाई पठाउने हो र ! मन्त्री खोज्नेहरुसंग प्रति प्रश्न गर्नेगरेको एक नेताले बताए ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि पार्टीबाट मन्त्री छान्न मुस्किल परेको स्रंोतले बताएको छ । सभापति देउवालाई, पौडेल गुट,सिटौला गुट , खड्का गुट र कोइराला गुटलाई सन्तुलनमा राख्न कठिन भएको उनी निकटष्थ एक नेताले बताए ।
महाधिवेशनमा कोइराला क्याम्पबाट आफ्नो क्याम्पमा आएर आफुलाई सभापतिमा जिताउन लागि परेका दर्जन बढी नेताले मन्त्रीको आकाँक्षा देखाएको स्रोतले बताएको छ । यता देउवालाई साथ दिदै आएका उनको पुरानो समुहमा पनि  दर्जनबढीले मन्त्रीको अपेक्षा गरेको बताइन्छ । मन्त्रीका आकाँक्षी धेरै भए पछि देउवाले पनि सरकार बन्न दिन आग्रह गर्दै ,सरकार बने पछि मन्त्रीमण्डल विस्तार गर्दा सबैलाई भाग पुर्याउने आश्वासन दिएको स्रोतले बतायो ।

यता  ‘नानी पाउने कहिले कहिले कन्दनी बाट्ने अहिले’ भने झै  नेपाली कांग्रेस , माओवादी केन्द्र र केही मधेसवादी दलका नेता तथा सांसदहरु मन्त्री बनेको सपनामा घुर्न थालेका छन् ।उनीहरुले धमाधम नयाँ कपडा सिलाउन थालेका छन् ।
कांग्रेस सांसद चन्द्र भण्डारीले त आफु देउवा र कोइराला दुवै पक्षबाट मन्त्रीको कोटामा परेको अन्र्तर्वाता दिन भ्याइसकेका छन् । यस्तै माओवादीका सांसद दलजीत श्रीपालीले मन्त्री बनेपछि दौरासुरुवाल लगाउने कि कमिज पाइन्ट लगाउने भन्ने साथीहरुसंग सल्लाह गर्न थालेका छन् ।
नयाँ सरकार बन्ने चलखेल सुरु भएसंगै आन्दोलनमा रहेका मधेसवादी दलका नेतालाई पनि मन्त्री बन्न हतारमा देखिएका छन् । आन्दोलनका लागि गठबन्धन गरेको मोर्चा भित्र नै सरकारमा कसको कति प्रतिनिधित्व हुने भन्ने विवाद चुलिने खतरा रहेको मोर्चाका एक नेताले भने ।
नाम नवताउने शर्तमा मोर्चामा आवद्ध एक दलका  नेताले भने – ‘नयाँ सरकार गठनको सुरसार नहुदै राजेन्द्र महतो चम्किएका छन् ।कांग्रेस , माओवादीले मोर्चामा रहेका सबैलाई समान व्यावहार गरेनन् भने आन्दोलन नरोकिन पनि सक्छ ।’