
जनकपुर, साउन ५ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधानमा रहेको त्रुटिलाई संशोधन गर्दै राष्ट्रको समग्र विकासमा लाग्नुपर्ने बताएका छन् ।
बुधबार जनकपुरमा प्रदेशपत्र साप्ताहिकको विमोचन गर्दै उनले दलका नेताहरु व्यक्तिगत् स्वार्थभन्दा माथि उठ्न नसकेको आरोप लगाए ।
कार्यक्रममा नयाँ शक्तिका नेता–कार्यकर्ता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्