२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


तीन शीर्ष नेतासँग सभामुखको फेरि छलफल


0
Shares

काठमाडौं, साउन ६ । व्यवस्थापिका–संसदको बैठकलाई अघि बढाउन सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग पुनः छलफल सुरु गरेकी छन् ।

संसदको कार्यसूचीलाई लिएर विहीबार (आज) निर्धारित् ११ बजेका लागि तोकिएको बैठक सुरु हुन नसकेपछि सहमति जुटाउन सभामुख घर्तीले विहीबारै बिहान पनि छलफल गरेकी थिइन् ।

उनले अहिले संसद भवन नयाँबानेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहेकी छन् ।

बैठक विशेष कारण देखाउँदै सूचना टाँस गरी २ बजेका लागि तोकिएको थियो ।

प्रमुख दलबीच अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयक कसलाई अगाडि बढाउने भन्ने विषयमा विवाद चुलिएका कारण बैठक अगाडि बढ्न नसकेको हो । रासस