
फाइल फोटो
काठमाडौं, साउन ७ । प्रमुख तीन दलबीच सहमति भएपछि शुक्रबार दिउँसो सुरु भएको व्यवस्थापिका–संसद बैठकले बजेटमा आश्रित तीनओटा विधेयकलाई अस्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४ लागि गत जेठ १५ गते ल्याइएको बजेटसम्बन्धी विनियोजन विधेयक गत असार २५ गते नै पारित भइसकेको छ ।
तर, सोही बजेटमा आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र कर तथा राजश्व विधेयकहरुलाई भने नेकपा माओवादी केन्द्रले असफल बनाएको हो ।
आश्रित विधेयकहरु अघि बढाउने कि अविश्वास प्रस्तावलाई अघि बढाउने भन्ने विवादका कारण केही दिनदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो ।
शुक्रबार दिउँसो प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलकाक्रममा नेपाली कांग्रेस–माओवादी केन्द्र आर्थिक विधेयक अघि बढाउन तयार भएका थिए ।
तर, माओवादीले बजेटसँग सम्बन्धित विधेयकहरु असफल बनाउने निर्णय गरेको थियो ।
आर्थिक विधेयकहरु अस्वीकृत गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्धको अविश्वासको प्रस्ताव प्रस्तुत् गरेका थिए ।
अविश्वास प्रस्तावमाथि साउन ७, ८ र ९ गते छलफल हुने भएको छ ।
लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्