क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेदवार चुनिन् « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेदवार चुनिन्


0
Shares

काठमाडौं, साउन ८ । अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले उपराष्ट्रपति पदका लागि उम्मेदवार चुनेकी छिन् ।

भर्जिनियाका सिनेटर टिम केनलाई उपराष्ट्रपति पदका लागि उनले मनोनयन गरेकी हुन् । यसको औपचारिक घोषणा भने आज गरिने ट्वीटरमार्फत् उनले जानकारी दिइन् ।

अरुका लागि सेवा गर्न आफ्नो सम्पूर्ण जिन्दगी लगाएको भन्दै हिलारीले केनको प्रशंसा पनि गरेकी छिन् । आफूूलाई मनोनयन गरिएकामा सिनेटर केनले पनि खुशी व्यक्त गरेका छन् । (एजेन्सी)