Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


अफगानिस्तानका राष्ट्रपतिले आइएससँग बदला लिने


0
Shares

काठमाडौं, साउन ९ । अफगानिस्तानमा आत्मघाती बिस्फोटमा ८० जना मारिएपछि एक दिने शोकको घोषणा गरिएको छ ।

राष्ट्रपति असरफ घानीले घटनाको निन्दा गर्दै यसको बदला लिने पनि बताएका छन् । निहत्था जनतालाई निशाना बनाउँदै गरिएको आक्रमण निकै नै क्रूर र निन्दनीय भएको भन्दै राष्ट्रपति घानीले आईएसले यसको बदला चुकाउनु पर्ने प्रतिक्रिया दिए ।

यता अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मिसनले अफगानिस्तानको यो घटनालाई युद्ध अपराधको संज्ञा दिंदै घटनाको भत्सर्ना गरेको छ ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा २ सय ३० जना घाइते भएका छन् । विद्युत प्रसारण लाईनको वाटो परिवर्तन गरिएको भन्दै गरिएको विरोध प्रदर्शनमा आत्मघाती आक्रमण गराउँदा यो क्षति भएको हो

अफगानिस्तानको हजारा समुदाय तुर्कमेनिस्तानवाट काबुल ल्याउन लागिएको बिद्युत प्रसारण लाईनको बाटो बदल्नका लागि आन्दोलनरत थिए । हजारा समुदायमा अधिकांश शिया मुश्लिमहरु छन् । (एजेन्सी)