Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास जारी : गृहमन्त्री


0
Shares

विराटनगर, वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

प्रदेश १ को सुरक्षा गोष्ठीको क्रममा विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको र विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याईसकेको अवस्थामा विप्लव समूह पनि वार्तामा आउनुको विकल्प नभएको बताए ।

गृहमन्त्री थापाले सबै असन्तुष्ट पक्षलाई राजनीतिको मुलधारमा ल्याउन सरकारले वार्ताको आह्वान गरेको उल्लेख गरे । शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई  भएको भन्दै उनले शान्ति सुरक्षामा खलल पु¥याउने छुट भने कसैलाई नभएको स्पष्ट पारे ।

गृहमन्त्री थापाले विगतभन्दा शान्ति सुरक्षामा गुणात्मक सुधार आएको जिकिर पनि गरे ।