१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


नेकपा सचिवालय बैठक साँझ पुनः बस्ने


0
Shares

काठमाडौं, असार २६ । संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मंगलबार साँझ पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेस गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाबारेको प्रतिवेदनमाथि छलफल भएको हो ।

शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रतिवेदन पेस गरेको र प्रतिवेदनमा छलफल भएपनि मंगलबार साँझ पुनः बस्नेगरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमासमेत छलफल भएको थियो । रासस