
धनकुटा, साउन १२ । भारी वर्षासँगै आएको बाढीका कारण पूर्वका विभिन्न जिल्लामा हालसम्म पाँच जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोका कारण ८ सय २२ परिवार विस्थापित भएका छन् । मृत्यु हुनेमा झापामा तीन, उदयपुर र मोरङमा एक–एक जना छन् ।
बाढीका कारण झापामा दुई जना बेपत्ता भएका छन् भने ५ हजार २ सय ८० घरलाई क्षति पुर्याएको पूर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
बिस्थापित हुनेमा सप्तरीमा ५ सय १३ र झापामा ३ सय ९ परिवार रहेका छन् । बाढीका कारण सप्तरीमा सबैभन्दा बढी करिब ४ हजार घरमा क्षति पुगेको छ ।
त्यस्तै मोरङमा पाँच सय, झापामा चार सय ६४ र सुनसरीमा तीन सय १६ घरमा क्षति पुगेको छ । बाढीका कारण पूर्वका विभिन्न जिल्लाको हजारौं हेक्टर खेतियोग्य जमिन डुवानमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्