Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सत्ताधारीहरुले देशमा लुटतन्त्र मच्चाए’, राष्ट्रपतिमाथि आरोप


0
Shares

काठमाडौं, वैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले सत्तामा रहेको ‘भुइँफुट्टा वर्ग’ले मुलुकमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएको छ ।

पार्टीको ३ नम्बर प्रदेशस्तरीय कार्याकर्ता भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लुटतन्त्र र भ्रष्टाचारलाई संस्थागत गर्दै भुइँफुट्टा वर्गले देशलाई ठूलो संकटतर्फ धकेलिरहेको जिकिर गरे ।

राष्ट्रपतिमाथि आरोप

पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकासमेत निष्पक्ष नरहेको आरोप लगाए ।

राष्ट्रपति नै नवसामन्तमा परिणत भइरहेको भन्दै राणाले राजसंस्थालाई नै राष्ट्रप्रमुखको भूमिका दिनुपर्ने बताए ।

कार्यक्रमका अरु वक्ताहरुले हिन्दु अधिराज्य कायम गर्न संघर्षमा उत्रनुपर्ने बताएका थिए ।