मैले राजीनामा दिँदा छिमेकमा हर्षबढाइँको खबरले आश्चर्यचकित बनेको छु : प्रधानमन्त्री « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


मैले राजीनामा दिँदा छिमेकमा हर्षबढाइँको खबरले आश्चर्यचकित बनेको छु : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिँदा छिमेकमा हर्षबढाइँ भएको खबरले आश्चर्यचकित बनेको बताएका छन् ।

बुधबार राजधानीमा भएको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा, महाकवि लक्ष्मीप्रसाद देवकोटा र भगत सर्वजित पुरस्कार वितरण कार्यक्रममा उनले नेपालमा सरकार परिर्वतन हुँदा कुनै छिमेकीले हर्ष मनाउनुपर्ने र कुनैले दुःख मान्नुपर्ने अवस्था नरहेको बताए ।

नेपाल सानो मुलुक भएपनि आन्तरिक मामिला आफैं समाधान गर्न सक्षम रहेको भन्दै उनले नेपालीलाई विदेशी हस्तक्षेप स्वीकार्य नहुने पनि स्पस्ट पारे ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका लागि आफू बाधक नहुने पनि बताए ।

कार्यक्रममा यो वर्षको महाकवि देवकोटा पुरस्कारबाट कवितातर्फ मेघराज शर्मा (मञ्जुल), भाषा साहित्यतर्फ गोपाल अश्क, आख्यानतर्फ माया ठकुरी, निबन्धतर्फ हेमनाथ पौडेल र बालसाहित्यतर्फ डा. तीर्थराज सुवेदीलाई प्रदान गरिएको थियो ।

यसैगरी, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट दलित आन्दोलनका अगुवा स्वर्गीय पदमसिंह विश्वकर्मा, सीप, कला र साहित्यतर्फ पदम सुन्दास र समाज सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मोदनाथ प्रश्रितलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा कला साहित्य, भाषा र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने प्रतिभाहरुलाई पनि सम्मान गरिएको थियो ।