Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


९ विद्यार्थी संगठनद्वारा आन्दोलनको चेतावनी


0
Shares

काठमाडौं, वैशाख ११ । संयुक्त ९ विद्यार्थी संगठनले सरकारको गलत कार्यशैलीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्धहरुले भ्रष्टाचार र अनियमिततामा संलग्न भएको भन्दै सरकारको गलत कार्यशैलीविरुद्ध आन्दोलन गर्ने जनाएका हुन् ।

शिक्षामा भएको चर्को शुल्क वृद्धि, बालुवाटार जग्गा कीर्ते प्रकरण, कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न नसकेको, सीमा अतिक्रमण, भाषा, धर्म, संस्कृतिमाथिको हस्तक्षेप रोक्न माग गर्दै उनीहरुले आन्दोलन गर्ने भएका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं, राष्ट्रिय विद्यार्थी संघलगायतका विद्यार्थी संगठनहरुले यही वैशाख १७ गतेदेखि आन्दोलनमा उत्रने जनाएका हुन् ।