Logo १० माघ २०८२, शनिबार | Sun Jan 25 2026


रिपब्लिकन प्रतिद्वन्द्वी ट्रम्पमाथि हिलारीले लगाइन् गम्भीर आरोप


0
Shares

वासिंटन, साउन १४ । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प चरित्रहीन र असक्षम ब्यक्ति भएको आरोप लगाएकी छन् ।

अमेरिकाको फिलाडेल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपतिकी उम्मेदवार क्लिन्टनले ट्रम्पको हातमा अमेरिकाको शासन गए मुलुक अधोगतितर्फ उन्मुख हुने बताइन् । उनले प्रतिद्वन्द्वी ट्रम्पलाई स्वार्थीको संज्ञा दिइन् । ट्रम्पको स्वार्थ सिद्धि गर्न राष्ट्रपति बनाउनु मुर्खता हुने उनको भनाइ थियो ।

क्लिन्टनले आफू धार्मिक विभेद अन्त्यको पक्षमा रहेको बताइन् । उनले अमेरिकाको भविष्य उज्ज्वल बनाउने बचनका साथ आफू राष्ट्रपति बन्ने दाबी गरिन् ।

उनले भनिन्, ‘हामी कुनै प्रकारको पर्खाल बनाउने छैनौं बरु यस्तो अर्थव्यवस्था बनाउँछौं जहाँ सबैले राम्रो पारिश्रमिकसहितको रोजगार पाउन् ।’

राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा अमेरिकालाई विश्वकै नमूना बनाउन सफल भएको भन्दै क्लिन्टनले आफू पनि ओबामाकै पथमा हिँड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । (एजेन्सी)