Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


‘लेनदेन प्रष्ट भए’ मधेसी मोर्चा सरकारमा आउने


0
Shares

काठमाडौं, साउन १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले उठाएका प्रमुख मागमा नयाँ सत्ता गठबनधन दल प्रष्ट भए मात्र सरकारमा सहभागी हुन सक्ने स्पष्ट पारेको छ ।

शुक्रबार बसेको मोर्चाको बैठकले अब बन्ने सरकारलाई सहयोग गर्न पहिले कांग्रेस–माओवादी प्रस्ट हुनु पर्ने सर्त अघि सारेको हो ।

कांग्रेस माओवादी गठबन्धनले मधेसलगायत समस्या समाधानमा गम्भीरता देखाए अब बन्ने सरकारको पक्षमा मतदान गर्ने र सीमाकंन विषयमा संविधान संशोधन हुने सम्भावना देखिए सरकारमा जाने मोर्चाको अडान छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता केशव झाका अनुसार बैठकमा मोर्चाले निर्णय गर्नेभन्दा पनि कांग्रेस माओवादीका रबैया हेर्नुपर्ने अधिकांश नेताको जोड थियो ।

संघीय गठबन्धनको ठूलो दल संघीय समाजवादी फोरमका अध्यष उपेन्द्र यादव भने बैठकमा सहभागी थिएनन् ।

झाका अनुसार सरकारमा सहभागी हुने नहुनेबारे बैठकले कुनै निर्णय गर्न नसकेपछि शनिवार कांग्रेस–माओवादी गठबन्धका नेतासँग छलफल पछि केही टुंगो लाग्ने अपेक्षा गरिएको छ । नागरिक दैनिकबाट