Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


गोदाममै कुहिन थाल्यो खाद्य संस्थानको चामल


0
Shares

भोजपुर, साउन १५ । भोजपुरमा नेपाल खाद्य संस्थानले बिक्री गर्ने चामल गोदाममै कुहिएर खेर जाने आवस्थामा पुगेको छ ।

गोदामबाट चामल खपत हुन छाडेपछि तीन बर्ष अगाडी ढुवानी गरिएको चामल कुहिने अवस्थामा पुगेको हो ।

आर्थिक बर्ष ०७१/०७२ मा ठेक्का मार्फत ढुवानी गरिएको ३ हजार ६ सय कुईंन्टल चामल हालसम्म खपत हुन सकेको छैन । चामल खपत नभएपछि प्रत्येक आर्थिक बर्षमा ढुवानी गर्नु पर्ने चामलको लागि टेन्डर आह्वान समेत गर्न छाडिएको छ ।

कुनै बेला चामल पाउनकै लागि जिल्लाका नेताहरुको भनसुनमा प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भिड लाग्ने उपभोत्ताहरु अजभोली फाट्टफुट्ट मात्र आउने गरेको नेपाल खाद्य संस्थान भोजपुरका कर्मचारी महेन्द्र आँपगाइले जानकारी गराए ।

सडकले भोजपुरलाई छोएसंगै स्थानीय बजारमा विभिन्न ब्राण्डका चामल भित्रिन थालेका छन् । जुन खाद्य सँस्थानले वितरण गर्ने भन्दा उच्च गुणस्तरको छ । खाद्य सँस्थानको चामल धेरै लामो समयसम्म स्टक रहने गर्दा कम गुणस्तर हुने स्थानीयले बताएका छन् ।

चामल खपत नहुँदा कुहिएर खेरा जाने अवस्थामा रहेपनि जिल्लाका उत्तरी र सुदुर दक्षिणमा बर्षा याममा ढुवानीका साधन नचल्दा चरम खाद्य सङ्कट पर्ने गरेको छ ।