१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय उपसमिति गठन


0
Shares

काठमाडौं, असार २६ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले कार्यविधि निर्माणका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल सदस्य रहेको उपसमिति गठन गरेको हो ।

उपसमितिले तीन दिनभित्र कार्यविधिको मस्यौदा समितिलाई बुझाउने जनाइएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतले सांसद लक्ष्मणलाल कर्णले गरेका थिए । समितिको सभापति चयन नभएसम्म सांसद कर्णले नै बैठक सन्चालन गर्नेछन् ।

मंगलबारको बैठकमा तीनजना सदस्य अनुपस्थित रहे ।

संसदीय सुनुवाइ विशेष समितिका लागि प्रतिनिधिसभाले सोमबार समितिमा रहने सदस्य स्वीकृत गरेको थियो ।

समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णाकुमारी सुवेदी, भीमसेनदास प्रधान रहेका छन् ।

यस्तै, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की पनि समितिमा रहेका छन् ।

यसैगरी, राष्ट्रियसभाबाट सुमन प्याकुरेल, नन्दा चपाइँ र जितेन्द्रनारायण देव रहेका छन् ।

संघीय संसदको सार्वजनिक सुनुवाइ विशेष समितिमा १५ सदस्य रहने व्यवस्था छ ।