२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


रियो ओलम्पिकमा भिड्ने यी हुन् ७ नेपाली खेलाडी, राष्ट्रिय झन्डा फुपूले बोक्ने


0
Shares

काठमाडौं, साउन १५ । नेपाल ओलम्पिक कमिटीले रियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाइ गरेको छ ।

शनिबार राजधानीमा एक कार्यक्रमको आयोजाना गरी कमिटीले ब्राजिल जाने खेलाडी, प्रशिक्षक र अफिसियलहरुको बिदाइ गरेको हो ।

आगामी सातादेखि ब्राजिलको रियो दि जेनेरियोमा समर ओलम्पिकको नयाँ संस्करण सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालका *७ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् ।

नेपालबाट सहभागी हुने खेलाडीहरुमा पौडीका शिरीष गुरुङ र गौरिका सिंह, जुडोकी फुपूल्हामु खत्री, आर्चरीका जितबहादुर मोक्तान, तेक्वान्दोका निशा रावल, एथ्लेटिक्सका सरस्वती भट्टराई र हरिकुमार रिमाल छन् ।

७ खेलाडी, ५ प्रशिक्षकसहित ३० सदस्यीय टोली ब्राजिल जानेछ ।

रियो ओलम्पिकको मार्चपासमा नेपालको झन्डा जुडो खेलाडी फुपूल्हामु खत्रीले बोक्ने बताइएको छ ।

*७ हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ–सम्पादक ।