१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


जेट एयरवेजका कर्मचारीमा रुवाबासी, मोदीलाई प्रश्न– तपाईले भनेको ‘राम्रो दिन’ यही हो ? (फोटो फिचर)


0
Shares

नयाँ दिल्ली, वैशाख ६ । महिनौंदेखि तलव नपाउँदा पनि उनीहरु काममा खटिरहे, आशा थियो– संकट चाँडै समाप्त होला, कुनै दिन त तलव पाइएला !

भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत कर्मचारी अहिले बिचल्लीमा परेका छन् । समयमै तलव नपाए पनि कुनै दिन त पाइएला भन्दै काम गरिरहेका उनीहरु अहिले बेरोजगार भएका छन् । उनीहरुको त्यो झिनो आशा समाप्त भएको छ ।

२२ वर्षदेखि सो एयरवेजमा काम गर्दै आएकी हरप्रित कौर स्तब्ध छिन् । उनी पछिल्लो समय असिस्टेन्ट बेस म्यानेजरका रुपमा कार्यरत थिइन् । सबै विमान ‘ग्राउन्डेड’ भएपछि उनी बेरोजगार भएकी छन् ।