Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा माफी दिँइदैन : सन्चारमन्त्री


0
Shares

ठमाडौं, वैशाख ५ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जघन्य अपराधका मुद्दामा कुनैपनि उन्मुक्ति स्वीकार्य नभएको बताएका छन् ।

पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा कुनैपनि माफी नदिइने स्पस्ट पारे ।

बुधबारमात्र संयुक्त राष्ट्रसंघले नेपालको संक्रमणकालीन न्यायको क्षेत्रमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण भएको भन्दै सरकारलाई पत्र पठाएको थियो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आन्तरिक द्वन्द्व समाधान गर्न नेपाल आफैं सक्षम रहेको भन्दै नेपालको क्षमतामाथि विश्वास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरे ।

३३ किलो सुन तस्करीकान्डको प्रसंगमा मन्त्री बाँस्कोटाले ‘विगतमा ३८ क्विन्टल सुन नै गायब’ भएको भन्दै यसको तस्करीको सन्जाल नै ध्वस्त पार्ने अभियानमा सरकार रहेको बताए ।