११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


प्रदेश र संघीय सरकारबीचको खिचातानीले हावाहुरी पीडितलाई समस्याः उपसभापति निधि


0
Shares

बारा । नेपाली काँगे्रसका उपसभापति बिमलेन्द्र निधिले प्रदेश र संघीय सरकारबीचको  खिचातानीका कारण बारा र पर्साका हावाहुरी पीडित अन्यौलमा परेको बताएका छन् । 

बाराको सिमरा आयोजित काँग्रेस प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन ।

निधिले देशैभरबाट राहत जुटिसकेकाले बर्खा अगावै पीडितहरुको घर बन्नु पर्ने बताए ।

उपसभापति निधिले पीडितलाई दिइने सहयोगमा संघीय र प्रदेश सरकारलाई नअल्मलिन पनि आग्रह गरे ।

जनधनको क्षतिबाहेक किसानहरुको करोडौं रुपैंया मुल्य बराबरको अन्नबाली नष्ट भएकोप्रति दःुख प्रकट गर्दै उहाँले त्यसतर्फ कसैको ध्यान नपुगेको गुनासो समेत गरे ।