Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


विप्लव समूहलाई मूल धारमा ल्याउने प्रयास जारी : गृहमन्त्री


0
Shares

हेटौंडा, वैशाख ४ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राजनीतिको मूल धारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठिलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले संविधानविरुद्धका गतिविधि गरेका कारण चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै उसलाई मूल धारमा ल्याउने प्रयास सरकारले गरिरहेको बताए ।

गृहमन्त्री थापाले चन्द समूहलाई मूल धारको राजनीतिमा ल्याउने प्रयास भइरहेको बताए पनि कस्तो प्रयास गरिएको छ भन्ने स्पष्ट पारेनन् । उनले पछिल्लो समयमा देशको सुरक्षा अवस्था निकै सुदृढ भएको दाबी गर्दै एक वर्षमा सरकार भ्रष्टाचार नियन्त्रण र अपराध नियन्त्रण गरी देशमा सुशासन कायम गर्न सफल भएको जिकिर गरे ।

गोष्ठीमा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, गृह सचिव प्रेमकुमार राईसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, चारै सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।