२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


उपप्रधानमन्त्री महरा सोमबार चीन जाने


0
Shares

काठमाडौं, साउन ३० । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार चीन जाने भएका छन् ।

चीन र नेपालको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उनी बेइजिङ जान लागेका हुन् ।

यसअघि मन्त्रिपरिषदले बैठक गरी प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्रीद्वाय महरा र विमलेन्द्र निधिलाई चीन र भारत पठाउने निर्णय गरेको थियो ।

दुई देशबीचको सम्बन्ध अझ हार्दिक बनाउने उद्देश्यका साथ सरकारले दुई नेतालाई छिमेकी मुलुक पठाउने निर्णय गरेको हो ।

चीन भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे सम्वद्ध अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधिको भारत भ्रमणको मिति भने तय भएको छैन ।